सुर्खेतमा ट्रयाक्टर र मोटरसाइकल ठोक्कियो, एक जनाको मृत्यु

हिमाल प्रेस १३ फागुन २०८० २१:१९
354
SHARES
सुर्खेतमा ट्रयाक्टर र मोटरसाइकल ठोक्कियो, एक जनाको मृत्यु

सुर्खेत- सुर्खेतको सिम्तामा ट्रयाक्टर र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

सल्यानको सल्लीबजारबाट सुर्खेतको गोजी बजारतर्फ जाँदै गरेको बा ९५ प ५२९६ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको भे १ त ४५ नम्बरको ट्रयाक्टर सिम्ता गाउँपालिका-६, जामुनेबजारमा एक आपसमा ठोक्किँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो।

अर्का एक जना भने गम्भीर घाइते भएको अस्थायी प्रहरी पोष्ट बादेपिपल सुर्खेतले जनाएको छ। मृत्यु हुनेमा मोटरसाइकल सवार वीरेन्द्रनगर-३, यरीचोकका २८ वर्षीय विजय राना रहेको अस्थायी प्रहरी पोष्ट बादेपिपलका प्रहरी जवान वीरेन्द्र विकले जानकारी दिए।

उनका अनुसार मोटरसाइकल चालक वीरेन्द्रनगर-१ ढोडेखालीका २३ वर्षीय रुपेश गिरिको अवस्था गम्भीर रहेको र उपचारका लागि मेहलकुना अस्पतालमा ल्याइएको छ। ट्रयाक्टर चालक र साहु भने फरार रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १३ फागुन २०८० २१:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − seven =