‘रुमानी रङ्ग’ फिल्म बन्दै, मुख्य भूमिकामा साम्राज्ञी र धीरज

हिमाल प्रेस १० फागुन २०८० १६:५७
8
SHARES
‘रुमानी रङ्ग’ फिल्म बन्दै, मुख्य भूमिकामा साम्राज्ञी र धीरज

काठमाडौँ–  ‘रुमानी रङ्ग’ नामक फिल्म बन्ने भएको छ। टिमले बिहीबार पत्रकार सम्मेलन गर्दै फिल्म निर्माणको औपचारिक घोषणा गरेको हो।

फिल्म अनिल योञ्जनले निर्देशन गर्नेछन्। उनले यसअघि ‘डायरी’ निर्देशन गरेका थिए। यस फिल्ममा निर्देशक स्वयंंको पटकथा तथा संवाद रहनेछ।

फिल्ममा अभिनेत्री साम्राज्ञी आरएल शाह र अभिनेता धीरज मगर मुख्य भूमिकामा देखिने भएका छन्। उनीहरु दोस्रोपटक एकसाथ देखिदैछन्। साम्राज्ञी र धीरजले फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ एकसाथ काम गरेका थिए।

निर्देशक योञ्जनले फिल्ममा प्रेमकथालाई कमेडी शैलीमा प्रस्तुत गर्न लागेको बताए। उनले शाह र मगर गरी दुई परिवारको कथा भन्ने जानकारी दिए।

जीएम ठकुरीको प्रस्तुतिमा बन्न लागेको फिल्मका कार्यकारी निर्माता हरि मल्ल ठकुरी हुन्। फिल्ममा कार्यकारी निर्माताकै  कथा छ।

महेश पौडेलले फिल्मको छायांकन गर्नेछन्। ९० प्रतिशत अष्ट्रेलिया र १० प्रतिशत छायांकन नेपालमा हुने निर्माण टिमले जनाएको छ। टिमका अनुसार फिल्म नयाँ बर्षको वैशाखमा छायांकन सुरु गरिनेछ।

फिल्म ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर र आविस्कार बाहु सञ्चारको ब्यानरमा निर्माण हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + seventeen =