सत्ता गठबन्धनको बैठकमा जनसरोकारका विषयमा छलफल नै हुँदैन : सीके राउत

हिमाल प्रेस १० फागुन २०८० १३:४१
10
SHARES
सत्ता गठबन्धनको बैठकमा जनसरोकारका विषयमा छलफल नै हुँदैन : सीके राउत फाइल तस्बिर

काठमाडौँ- सत्ता साझेदार जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त (सीके) राउतले सत्ता गठबन्धनको बैठकमा जनसरोकारका विषयमा कहिल्यै छलफल नभएको बताएका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै अध्यक्ष राउतले गठबन्धनको बैठकमा विरोधी र प्रतिस्पर्धी समाप्त विषयमा मात्र छलफल हुने बताएका हुन्।

पछिल्लो एक वर्ष गठबन्धनको बैठकमा जाँदा जनतासँग सम्बन्धित विषयमा छलफल नभएको राउतले बताए।

‘म पनि गठबन्धनमै छु। गठबन्धनको बैठकमा जाँदा जनसरोकार विषयमा छलफलै भएको छैन,’राउतले भने,‘सत्तामा कसरी टिक्ने, गठबन्धन कसरी जोगाउने र प्रतिस्पर्धीलाई कसरी समाप्त पार्ने भन्नेमा मात्रै ध्यान गएको देख्छु।’

उनले देश विदेशमा बस्ने नेपालीमा निराशा मात्रै छाएको पनि बताए।

प्रकाशित: १० फागुन २०८० १३:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =