सुनसान वीरगन्ज [तस्बिरहरू]

हिमाल प्रेस ८ फागुन २०८० १५:३३
6
SHARES
सुनसान वीरगन्ज [तस्बिरहरू]

वीरगन्ज-  रौतहटको ईशनाथ नगरपालिकाको मोतीपुरमा भएको विवादलाई लिएर वीरगन्‍ज अशान्त छ। रौतहटको ईशनाथ नगरपालिकाको मोतीपुरमा भएको विवादलाई लिएर वीरगन्जमा सोमबार प्रदर्शन भएको थियो। प्रदर्शनका क्रममा विवाद र झडपको स्थिति देखिएकाले कर्फ्यु आदेश जारी गरिएको प्रशासनको भनाइ छ।

 प्रशासनले सोमबार साँझ ५ बजेदेखि लगाएको कर्फ्यु दोस्रो दिन पनि यथावत् छ। हिन्दु युवा परिषद्ले सोमबार वीरगन्ज बजार बन्द गराएपछि मुस्लिम र हिन्दु युवाहरूबीचको विवाद बढ्दा जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको हो। मंगलबार बिहान ६ बजेदेखि १० बजेसम्म सर्वसाधारणको दैनिक किनमेलका लागि खुकुलो गरिएको कर्फ्यु बिहान १० बजेपछि पुनः लागू गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी भुसालले जारी गरेको निषेध आदेशअनुसार पूर्वमा बाराको सिमाना जोडिएको नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरी पुल भन्सारसम्मको क्षेत्रमा कर्फ्यु आदेश जारी भएको हो। कर्फ्यु लागू भएका क्षेत्रमा आवतजावत गर्न, भेला हुन, बाहिर हिँडडुल गर्न, जुलुस प्रदर्शन गर्न, घेराउ, र्‍याली गर्न तथा अन्य कुनै पनि प्रकारका उच्छृंखल गतिविधि गर्न नपाइने प्रशासनले जनाएको छ। मोतीपुरमा सरस्वतीको मूर्ति विर्सजनका विषयमा दुई समुदायबीच सोमबार विवाद भएको थियो।

तस्बिर सौजन्य : जियालाल साह

प्रकाशित: ८ फागुन २०८० १५:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − fifteen =