जन्ती बोकेको जिप दुर्घटना हुँदा दुईको मृत्यु, १६ घाइते

हिमाल प्रेस ७ फागुन २०८० ८:०९
14
SHARES
जन्ती बोकेको जिप दुर्घटना हुँदा दुईको मृत्यु, १६ घाइते

तनहुँ- तनहुँको आँबुखैरेनी गाउँपालिका-१ गिरौनचोरस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

बरादी-हिलेखर्कस्थित भित्री सकखण्डमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो ।

मृत्य हुनेको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए। अनियन्त्रित भई सडकबाट अन्दाजी पाँच सय मिटर तल जिप खसेको थियो ।

दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित: ७ फागुन २०८० ८:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 7 =