हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

हिमाल प्रेस ५ फागुन २०८० ७:१७
22
SHARES
हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ भने युरो, पाउन्डसहित केही विदेशी मुद्राको मूल्य भने बढेको छ।

आज अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ५३ पैसा र बिक्रीदर १३३ रुपैयाँ १३ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ५८ पैसा र बिक्रीदर १३३ रुपैयाँ १८ पैसा थियो।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४२ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४२ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४२ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४३ रुपैयाँ पैसा थियो।

त्यसैगरी आज बेलायती पाउन्ड १ को खरिददर १६६ रुपैयाँ ८९ पैसा र बिक्रीदर १६७ रुपैयाँ ६४ पैसा निर्धारण भएको छ। हिजो आज बेलायती पाउन्ड १ को खरिददर १६६ रुपैयाँ ३५ पैसा र बिक्रीदर १६७ रुपैयाँ १० पैसा थियो।

त्यसैगरी आज बहराइन दिनार १ को खरिददर ३५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३५३ रुपैयाँ १५ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिददर ३५१ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३५३ रुपैयाँ २७ पैसा थियो।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ४८ पैसा र बिक्रीदर ८६ रुपैयाँ ८७ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ १५ पैसा र बिक्रीदर ८६ रुपैयाँ ५४ पैसा

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ २६ पैसा र बिक्रीदर ४३२ रुपैयाँ २१ पैसा निर्धारण भएको छ। कुवेती दिनार हिजो पनि यही मूल्यमा कारोबार भएको थियो।

प्रकाशित: ५ फागुन २०८० ७:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =