कति छ आजको कोरियन वन

हिमाल प्रेस ३ फागुन २०८० ७:०७
72
SHARES
कति छ आजको कोरियन वन

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ।

आज अमेरिकीकी डलरको मूल्य थोरै बढ्दा युरो, पाउन्ड, दिनार, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य भने घटेको राष्ट्र बैंकले जनाएको छ।

आज अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ५६ पैसा र बिक्रीदर १३३ रुपैयाँ १६ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३३ रुपैयाँ नै ११ पैसा थियो। दुई दिन स्थित भएको अमेरिकी डलर आज थोरै बढेको हो।

त्यसैगरी आजको लागि युरो १ को खरिदर १४१ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ४७ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४२ रुपैयाँ ८६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ५१ पैसा थियो।

त्यसैगरी आज बेलायती पाउन्ड १ को खरिददर १६६ रुपैयाँ २२ पैसा र बिक्रीदर १६६ रुपैयाँ ९८ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ७० पैसा थियो।

त्यसैगरी आज बहराइन दिनार १ को खरिददर ३५१ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३५३ रुपैयाँ २२ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिददर ३५१ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ११ पैसा थियो।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८६ रुपैयाँ २२ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ४५ पैसा र बिक्रीदर ८६ रुपैयाँ ८४ पैसा थियो।

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४२९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ४३१ रुपैयाँ ७१ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ ३३ पैसा र बिक्रीदर ४३२ रुपैयाँ २७ पैसा थियो। कोरियन वन नेपाली १०० रुपैयाँ हुँदा ९ रुपैयाँ ९३ पैसामा खरीद हुन्छ भने ९ रुपैयाँ ९८ पैसामा बिक्री हुन्छ।

प्रकाशित: ३ फागुन २०८० ७:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 3 =