हेर्नुहोस् आजको विदेशी पैसाको सटही दर

हिमाल प्रेस २ फागुन २०८० ७:२३
18
SHARES
हेर्नुहोस् आजको विदेशी पैसाको सटही दर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ।

आज अमेरिकीकी डलरको मूल्य यथावत् रहँदा युरो, पाउन्डसहित केही विदेशी मुद्राको मूल्य भने बढेको राष्ट्र बैंकले जनाएको छ।

आज अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ११ पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३३ रुपैयाँ नै ११ पैसा थियो।

त्यसैगरी आजको लागि युरो १ को खरिदर १४२ रुपैयाँ ८६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ५१ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४२ रुपैयाँ ७१ पैसा र बिक्रीदर १४३ रुपैयाँ ३६ पैसा थियो।

त्यसैगरी आज बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ७० पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ १९ पैसा र बिक्रीदर १६७ रुपैयाँ ९५ पैसा थियो।

त्यसैगरी आज बहराइन दिनार १ को खरिददर ३५१ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ११ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिददर ३५१ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३५३ रुपैयाँ १० पैसा थियो।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ४५ पैसा र बिक्रीदर ८६ रुपैयाँ ८४ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ४० पैसा र बिक्रीदर ८६ रुपैयाँ ७९ पैसा थियो।

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ ३३ पैसा र बिक्रीदर ४३२ रुपैयाँ २७ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ ४२ पैसा र बिक्रीदर ४३२ रुपैयाँ ३७ पैसा थियो।

प्रकाशित: २ फागुन २०८० ७:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + fifteen =