टिभिएसको एक लाख सेलिब्रेसन एनओजी राइड सम्पन्न

हिमाल प्रेस १ फागुन २०८० १५:५४
टिभिएसको एक लाख सेलिब्रेसन एनओजी राइड सम्पन्न

काठमाडौँ- जगदम्बा मोटर्सले एक लाख एन्टर्क स्कुटर बिक्री गर्न सफल भएको उपलक्ष्यमा एनओजी राइड सम्पन्न गरेको छ। उक्त एनओजी राइड टिभिएसको नक्साल सोरुमबाट सुरु भएर शिवपुरीको द ग्रिन भ्याली रिसोर्टमा पुगेर समापन भएको थियो।

उक्त एनओजी राइडमा सहभागीहरुबीच विभिन्न गेम खेलाइएको थियो। साथै एनओजी राइडमा उपस्थित करिब एक हजार राइडरमाझ आफ्नो परिचय र अनुभव पनि आदानप्रदान गरिएको कम्पनीले जनाएको छ। सहभागी सम्पूर्ण राइडरलाई सहभागिताको प्रमाणपत्र प्रदान प्रदान गरिएको थियो। साथै उक्त राइडमा स्कुटरहरु राखेर १ लाखको सुन्दर आकार पनि बनाइएको थियो ।

उक्त राइडमा हेड मार्सल गौरव पाठकले सडक सुरक्षाबारे सजग गराएका थिए। प्रोडक्ट हेड करुणा पुडासैनीले एक लाख सेलिब्रेसनको बारेमा जानकारी दिएकी थिइन्। मार्र्केटिङ डेपुटी जीएम विक्रम पौडेल र सेल्स हेड आषिर श्रेष्ठले सहभागी ग्राहकहरुलाई स्वागत गरेका थिए।

प्रकाशित: १ फागुन २०८० १५:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 9 =