काठमाडौँ- काठमाडौँ महानगरपालिकाले फुड टेक्नोलोजिष्ट, माइक्रो बायोलोजिष्ट र मेडिकल अधिकृत पदका लागि आवेदन मागेको छ।
आज एक सूचना जारी गर्दै महानगरले सातौँ र आठौँ तहमा करारमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो।
दरखास्त सात दिनभित्र पेस गर्नुपर्ने महानगरले जनाएको छ। मूल्यांकन परीक्षा फागुन १२ र अन्तरवार्ता फागुन १३ गते हुने सूचनामा उल्लेख छ।
प्रकाशित: १ फागुन २०८० ७:०१
प्रतिक्रिया