बढ्यो डलर, युरो, पाउन्ड र दिनारको भाउ

हिमाल प्रेस २७ माघ २०८० ६:५२
28
SHARES
बढ्यो डलर, युरो, पाउन्ड र दिनारको भाउ

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ।

आज अमेरिकी र अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ।

आज अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ५६ पैसा र बिक्रीदर १३३ रुपैयाँ १६ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ०४ पैसा थियो।

त्यसैगरी आजको लागि युरो १ को खरिदर १४२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ३९ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४२ रुपैयाँ ५५ पैसा र बिक्रीदर १४३ रुपैयाँ १९ पैसा थियो।

त्यसैगरी आज बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ११ पैसा र बिक्रीदर १६७ रुपैयाँ ८७ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६६ रुपैयाँ ८९ पैसा र बिक्रीदर १६७ रुपैयाँ ६५ पैसा थियो।

त्यसैगरी आज बहराइन दिनार १ को खरिददर ३५१ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३५३ रुपैयाँ २३ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिददर ३५१ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ९३ पैसा थियो।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ २९ पैसा र बिक्रीदर ८६ रुपैयाँ ६८ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ०१ पैसा र बिक्रीदर ८६ रुपैयाँ ४० पैसा थियो।

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ ३१ पैसा र बिक्रीदर ४३२ रुपैयाँ २५ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४२९ रुपैयाँ ९३ पैसा र बिक्रीदर ४३१ रुपैयाँ ८८ पैसा थियो।

प्रकाशित: २७ माघ २०८० ६:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 12 =