फुडमान्डुको भ्यालेन्टाइन डे कन्टेस्ट

हिमाल प्रेस २६ माघ २०८० १३:०८
फुडमान्डुको भ्यालेन्टाइन डे कन्टेस्ट

काठमाडौँ- फुड डेलिभरी कम्पनी फुडमान्डुले ‘भ्यालेन्टाइन डे कन्टेस्ट’ ल्याएको छ। कन्टेस्टअन्तर्गत फुडमान्डुमार्फत फुड अर्डर गर्ने ग्राहकमध्येबाट हरेक दिन पाँच जना भाग्यशाली विजेता छनोट गरिने कम्पनीले जनाएको छ।

लक्की ड्रमार्फत छनोट गरिने भाग्यशाली विजेताहरुलाई मिनिसो, केटीएम सिटी, अभाता र फुडमान्डु मर्कन्डाइजको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिनेछ। विजेताहरू दैनिक रूपमा सोसल मिडिया प्लेटफर्ममा घोषणा गरिने फुडमान्डुले जनाएको छ। गिफ्ट ह्याम्पर भने फूडमान्डुको कार्यालयबाट संकलन गर्न सकिनेछ।

यसका साथै ग्राहकले ४० वटा विभिन्न रेस्टुरेन्टबाट बाई वान गेट वान फ्री तथा आकर्षक कम्बो अफरसमेत प्राप्त गर्न सक्नेछन्। फुडमान्डुकी ब्रान्ड एन्ड मार्केटिङ मेनेजर इनेशा भट्टराईले भनिन्, ‘हाम्रा ग्राहकलाई लक्षित गर्दै हामीले भ्यालेन्टाइन डेको अवसर पारेर आकर्षक अफर ल्याएका छौँ। आशा छ ग्राहकले यो अफरलाई मन पराइदिनुहुनेछ।’

माघ २४ देखि फागुन २ गतेसम्म लागू हुने यस अफरमा सहभागी हुन फुडमान्डुुको वेबसाइट वा फुडमान्डुको एपमार्फत फुड अर्डर गर्नुपर्नेछ।

प्रकाशित: २६ माघ २०८० १३:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 7 =