‘काठमाडौँ सम्मेलनले देशैभर म्यासेज दिनुपर्छ’

हिमाल प्रेस २६ माघ २०८० १५:०७
8
SHARES
‘काठमाडौँ सम्मेलनले देशैभर म्यासेज दिनुपर्छ’

काठमाडौँ-  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौं कांग्रेसको सम्मेलनले देशैभरि म्यासेज दिनुपर्ने बताएका छन्। काठमाडौँको जिल्ला सम्मेलन उद्घाटन गर्दै सभापति देउवाले राजधानी रहेको काठमाडौंको सम्मेलन सबैका लागि महत्त्वपूर्ण हुने बताएका हुन्।

‘काठमाडौँ देशको राजधानी पनि हो। यसैले यो महत्त्वपूर्ण सम्मेलन हो। राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा पनि यसको महत्त्व छ’, देउवाले भने, ‘यो सम्मेलनले पास गर्ने प्रस्तावले पार्टीमा राम्रो छाप र प्रभाव पनि छाड्छ।’

प्रकाशित: २६ माघ २०८० १५:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 9 =