आजदेखि ई-भिसा लागू

हिमाल प्रेस २६ माघ २०८० १२:३०
16
SHARES
आजदेखि ई-भिसा लागू

काठमाडौँ- अध्यागमन विभागले आजदेखि ई-भिसा लागू गरेको छ। ई-भिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सेवा सुरुआतको उद्घाटन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गरेका छन्।

विभागले केही समय अघिदेखि परीक्षणका रूपमा सुरु गरिसकेको सेवा पूर्णरूपमा सफल भएपछि आजबाट औपचारिकता दिएको हो। नेपाल आउने विदेशी पर्यटकलाई भिसाका लागि दूतावास धाउनुपर्ने र विमानस्थलमा लाइन लाग्नुपर्ने बाध्यता हटेको विभागले जनाएको छ।

विभागले तीन वर्षदेखि ई-भिसाका लागि अनलाइन प्रणालीको विकास गर्दै आएको थियो। विभागले स्वचालित प्रणाली लागू गर्दै अनलाइन तथा भावी सुधारका योजनासमेत सार्वजनिक गरेको छ।

ई‍-भिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सेवाले भिसा प्रक्रिया र विदेशी पर्यटकका लागि सहज हुने विभागको दाबी छ।

यो भिसा प्रणाली लागू भएसँगै विदेशी नागरिकले जुनसुकै स्थानबाट भिसाका लागि आफैँ आवेदन गर्न सक्नेछन्। साथै, अध्यागमन विभाग र कार्यालयहरूलाई पूर्णरूपमा प्रविधियुक्त र स्वचालित समेत भइसकेको विभागले जनाएको छ।

प्रकाशित: २६ माघ २०८० १२:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =