यस्तो छ आज तपाईँको राशिफल

हिमाल प्रेस २६ माघ २०८० ६:१६
28
SHARES
यस्तो छ आज तपाईँको राशिफल

आज २०८० साल माघ २६ गते, शुक्रबार। माघ कृष्ण चतुर्दशी तिथि। पञ्चाङ्ग व्यतिपात शकुनि श्रवण। तदनुसार सन् २०२४ फेब्रअरी महिनाको ९ तारिख। यस्तो छ तपाईँको राशिफल:

मेष:

सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने अवसर छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ।

वृष:

बिनाप्रतिस्पर्धा फाइदा हुने समय छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। सहयोगीहरूले काममा साथ दिनेछन्।

मिथुन:

विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ। व्यपार व्यवसायबाट लाभ मिल्नेछ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।

कर्कट:

नयाँ कामको प्रस्ताव आउनेछ। पहिलो भेटमा नै धेरैले सहयोग गर्नेछन्। मनग्य धन आर्जन हुनेछ। बिछोडिएका परिवारसँग भेट हुनेछ।

सिंह:

सोचेको आटेको काममा सफलता मिल्नेछ। आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन्। आज स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा हुनेछ।

कन्या:

साथीभाई र आफन्तको सहयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। काममा आमाको सहयोग प्राप्त हुनेछ।

तुला:

शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। व्यापार व्यवसायबाट प्रसस्त लाभ मिल्नेछ।

वृश्चिक:

काममा राम्रै फाइदाको योग रहेकोछ। मेहनत गरे प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सफल हुनेछन्। पढाइलेखाइमा प्रगति हुनेछ।

धनु:

नयाँ कामको थालनी गर्ने मौका मिल्नेछ। साथीभाईसँगको रमाइलो भेटघाटमा मन खुसी रहनेछ। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ।

मकर:

काममा लगानी बढाउने समय छ। प्रयास गर्दा रोकिएका कामहरु सफल हुनेछन्। वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ। घरायसी काममा रुचि बढ्नेछ।

कुम्भ:

साथीभाईसँगको सम्बन्धमा सुधार आउनेछ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। सामाजिक र धार्मिक काममा व्यस्त रहनुपर्नेछ।

मीन:

प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम लिन सकिने छ। महत्त्वपूर्ण काम सफल हुनेछ। दाम, इनाम र प्रतिष्ठा हातलागी हुने समय छ।

प्रकाशित: २६ माघ २०८० ६:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =