महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा लम्साल

हिमाल प्रेस २४ माघ २०८० १७:३९
महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा लम्साल

काठमाडौँ- महालक्ष्मी विकास बैंक लिको प्रमुख कार्यकारी अधिकृतमा दीपेश लम्साल नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको मंगलबारको निर्णयअनुसार लम्साललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो।

बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा रहेका लम्साल तत्कालीन प्रमुख कार्यकारी अधिकृतको राजीनामापछि निमित्त प्रमुख कार्यकारी अधिकृतको भूमिकामा थिए।

बैंक परिवारका तर्फबाट केन्द्रीय कार्यालय, दरबारमार्गमा स्वागत कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा नवनियुक्त प्रमुख कार्यकारी अधिकृत लम्सालले बैंकप्रतिको जनविश्वास, निष्ठा कायम राख्दै गुण्स्तरीय सेवा प्रदान गर्न सदा तत्पर रहने प्रतिबद्घता जनाएका छन्।

विगत १५ वर्षदेखि महालक्ष्मी विकास बैंकमा कार्यरत लम्सालसँग विभिन्न वाणिज्य बैंक तथा विकास बैंकमा गरी करिब २८ वर्षको बंैकिङ अनुभव छ।

प्रकाशित: २४ माघ २०८० १७:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =