आजको राशिफल

हिमाल प्रेस २४ माघ २०८० ६:३४
216
SHARES
आजको राशिफल

आज मिति २०८० साल माघ २४,माघ कृष्ण पक्ष, द्वादशी तिथि, तदनुसार २०२४ फेब्रअरी ७ को तपाईंको राशिफल

मेष
काममा केही चुनौती देखिए पनि मेहेनत गर्दा समयको सदुपयोग हुनेछ । सहयोगीहरूले सहयोगका लागि तत्परता देखाउनेछन । मन खुसी रहनेछ ।

वृष
नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार व्यवसायबाट लाभ हुनेछ। व्यावसायिक यात्रा सम्भावना छ। दाम्पत्य जीवन सुखमय रहनेछ।

मिथुन
धेरैले विश्वास गर्नेछन्। सोचेको आटेको काममा सफलता मिल्नेछ। शत्रुहरू पराजित हुनेछन् भने रमाइलो यात्राको योग रहेको छ।

कर्कट
समय साथीभाइसँग रमाइलोमा बित्नेछ। सुखद समाचार सुन्न पाइनेछ। स्वास्थ्य सवल रहनेछ र काममा पनि फाइदाको योग छ।

सिंह
प्रतिष्ठित काम गर्ने मौका छ। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्। ढिलासुस्तीले काम रोकिनुका साथै मौका गुम्ने भयले सताउनेछ।

कन्या
प्रयत्न गर्दा विग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न सकिनेछ। महत्वाकांक्षी योजना विस्तारै फलदायी हुनेछन्।

तुला
नसोचेको धन लाभ हुन सक्छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। स्वास्थ्यमा भने केही समस्या देखिन सक्छ।

वृश्चिक
आम्दानी प्रशस्तै बढ्नेछ। परिवारसँग मनमुटाव हुने देखिन्छ। आतिथ्यपूर्ण सम्मान पाइएला। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ।

धनु
सोचेको भन्दा आम्दानी धेरै हुँदा मन प्रसन्न रहनेछ। पढाई लेखाइमा प्रगति हुनेछ । सहयोगका नाममा ठगीमा परिने योग भएकाले होसियार रहनुहोला।

मकर
व्यापार व्यवसायबाट त्यति लाभ मिल्नेछैन। पढाइ लेखाइमा प्रगति हुनेछ। वौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ।

कुम्भ
सम्पत्तिको लागि घर झगडा हुने देखिन्छ। साथीभाइको सहयोगले आत्मबल बढ्नेछ। आमाको साथले नयाँ कामको थालनी हुनेछ।

मीन
आफ्नै प्रयासले काममा लाभ मिल्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। पुरानो समस्याले सताउन सक्छ। दाम्पत्यमा शंका र असमझदारी बढ्न सक्छ।

कर्ममा विश्वास गरौँ

प्रकाशित: २४ माघ २०८० ६:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =