गतिशील सहकार्यले बन्यो आई एम द सुपरस्टार

हिमाल प्रेस २३ माघ २०८० ११:३९
178
SHARES
गतिशील सहकार्यले बन्यो आई एम द सुपरस्टार

काठमाडौँ- गायिका सोना अमात्यले चर्चित र्‍यापर गिरीश खतिवडा र तीव्र र्‍यापरको पहिचान बनाएका बुलेट फ्लोसँग सहकार्य गर्दै गीत ‘आई एम द सुपरस्टार सार्वजनिक गरेकी छन्। गीतमा सुरजविक्रम थापा (बुलेट फ्लो) र गिरीश खतिवडाको शब्द र संगीत दिँदा गिरीश र ओ२एमएल (पिग ई प्रोड)ले प्रतिध्वनि दिने ताल निकालेका छन्।

निर्देशक विशाल खरातको निर्देशन रहेको भिडियोमा उनले कथावाचन प्रभावकारी रूपले पस्केका छन्। छायाकार आलोक शुक्लाको दृश्यलाई काँटछाँटमा विशालले आफ्नो कला देखाएका छन्। भीसी स्टुडियो मुम्बईले अनलाइन मेनेज गरेको भिडियोको ग्रेडिङ सीएएच ४ स्टुडियोले गरेको छ।

गीतमा निर्माण डिजाइन, प्रकाश र मेकअपमा क्रमशः ईश्वरबल्लभ उप्रेती, इन्द्रलाल श्रेष्ठ, विना पाण्डे तथा कोरियोग्राफर प्रशान्त तामाङ र ईश्वरबल्लभ उप्रेतीलगायतको सहकार्य छ। सोना विशेषत: पप, लोक, शास्त्रीय, आधुनिक गायनमा परिचित छिन्।

गीतको कथाले सबैभित्रको जन्मजात सुपरस्टारलाई जोड दिएको छ। गीतले श्रोतामाझ प्रतिध्वनि गर्नेमा गायिका सोना विश्वस्त छिन्।

प्रकाशित: २३ माघ २०८० ११:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − three =