ठगी आरोपमा प्रधानाध्यापक पक्राउ

हिमाल प्रेस २३ माघ २०८० १०:१७
16
SHARES
ठगी आरोपमा प्रधानाध्यापक पक्राउ प्रतिनिधिमूलक तस्बिर।

काठमाडौँ- ठगी गरेको आरोपमा सिरहाको चन्द्र नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक मधुसूदन कर्ण पक्राउ परेका छन्।

सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्रराज पाण्डेका अनुसार नेपाल आयरन स्टोर्स एन्ड जनरल सप्लायर्सका सञ्चालक रोशनकुमार यादवले उच्च अदालत जनकपुरअन्तर्गतको राजविराज इजलासमा दायर गरेको मुद्दाको सुनवाइका आधारमा कर्णलाई पक्राउ गरिएको हो।

उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।

पक्राउपछि अदालतबाटै सात दिनको म्याद गरिएको पाण्डेले बताए। उनले भने, ‘कर्णलाई हिरासतमा राखी अनुसन्धान जारी राखिएको छ।’

चन्द्र नमुना माध्यमिक विद्यालय निर्माणकार्यका लागि सिरहा बजारमा रहेको जनरल सप्लायर्सबाट कर्णले पटकपटक निर्माण सामग्री लगेका थिए। सामग्रीको भुक्तानी नपाएपछि सञ्चालक यादवले अदालतमा मुद्दा दायर गरेका थिए। अदालतको आदेशमा कर्णलाई पक्राउ गरिएको पाण्डेले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + two =