सोलार प्रोजेक्टको उद्घाटन गर्न ओली झापा जाँदै

हिमाल प्रेस २३ माघ २०८० ८:३५
6
SHARES
सोलार प्रोजेक्टको उद्घाटन गर्न ओली झापा जाँदै फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोलार प्रोजेक्टको आज उद्घाटन गर्दैछन्।

झापाको शिवसताक्षी नगरपालिका रहेको सो परियोजना उद्घाटन गर्न अध्यक्ष ओली आज साढे १० बजे झापा जाँदैछन्।

नेकपा एमालेको तर्फबाट झापा निर्वाचन क्षेत्र ४ बाट निर्वाचित सांसद एलपी साँवाले अगुवाइ गरेको यो परियोजनाको कुल लागत ८५ करोड रुपैँया रहेको छ।

सुरु भएको दुई वर्षमा नै सम्पन्न भएको यो परियोजनाले नेपालको विद्युतको मागलाई पूरा गर्न सहयोगी हुने साँवाले बताए। साँवाका अनुसार परियोजनाका लागि २१ बिगाहा १३ कठ्ठा जग्गा खरिद गरेर निर्माण सुरु गरिएको हो।

दुई वर्ष अघि निर्माण सुरु गरिएको परियोजना द्रुतगतिमा सम्पन्न भएको साँवाले बताए। यस परियोजना वैकल्पिक परियोजना क्षेत्रमा उदाहरणीय हुने साँवाको दाबी छ।

सञ्चालक साँवाका अनुसार परियोजनाबाट वार्षिक १ करोड ७६ लाख १० हजार युनिट विद्युत उत्पादन हुन्छ। जसलाई १२ करोड ८५ लाख रुपैयाँमा बिक्री गर्न सकिन्छ। परियोजनाको खरिद बिक्री सम्झौता २५ वर्ष हुने छ।

परियोजनाको नमुना परीक्षण पनि भइसकेको छ। अध्यक्ष ओली आजै काठमाडौं फर्किने कार्यक्रम छ।

प्रकाशित: २३ माघ २०८० ८:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =