फोडेनको ह्याट्रिकले सिटी प्रिमियर लिगको दोस्रो स्थानमा

हिमाल प्रेस २३ माघ २०८० ७:१६
4
SHARES
फोडेनको ह्याट्रिकले सिटी प्रिमियर लिगको दोस्रो स्थानमा

काठमाडौँ- इङलिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई हराउँदै दोस्रो स्थानमा उक्लिएको छ। अब सिटी शीर्षमा उक्लिन लिभरपुलसँग दुई अंक तल छ।

गएराति भएको २२ औँ खेलमा सिटीले फिल फोडेनको ह्याट्रिकले ब्रेन्टफोर्डलाई ३–१ ले हरायो।

खेलको २१ औं मिनेटमा निल माउपेले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। तर पहिलो हाफको इन्जुरी समयमा फोडेनले गोल गर्दै बराबरीमा ल्याए।

दोस्रो हाफको ब्रेकको आठ मिनेटपछि उनले दोस्रो गोल गरे। खेलको ७० औँ मिनेटमा फडेनले नै गोल गर्दै जित सुनिश्चत गरे।

जित पछि सिटीको २२ खेलबाट ४९ अंक भएको छ। २३ खेल खेलेको लिभरपुलको ५१ अंक छ। पराजित ब्रेनफोर्ड भने तालिकाको १५‍औँ स्थानमा छ।

प्रकाशित: २३ माघ २०८० ७:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 12 =