हेर्नुहोस् आजको तरकारी र फलफूलको मूल्य

हिमाल प्रेस २२ माघ २०८० ८:२०
4
SHARES
हेर्नुहोस् आजको तरकारी र फलफूलको मूल्य

काठमाडौँ- आजको तरकारी र फलफूलको मूल्य सार्वजनिक भएको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यमा
कन्य च्याउ र डल्ले च्याउ दुवै ४० रूपैयाँले सस्तिएको हो।

आइतबार १६० देखि १७० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको कन्य च्याउको न्यूनतम मूल्य आज प्रतिकिलो १२० रुपैयाँ तोकिएको छ। अधिकतम मूल्य भने १५० रुपैयाँ छ।

त्यस्तै डल्ले च्याउको भाउ आइतबार ३ सय देखि ३ सय ५० रूपैयाँ प्रतिकिलोमा कारोबार भएकोमा सोमबार यसको भाउ २६० देखि ३०० रूपैयाँ प्रतिकिलो तोकिएको छ।

आज गोलभेँडा, आलु,गाजर, काउली, मूला लगायतका तरकारीको भाउ घटबढ भएको छैन।

प्याजको भाउ किलोमा २ रुपैयाँ बढेको छ।

काउली, मटरकोशा, फर्सी लगायतका तरकारीको भाउ सामान्य घटबढ भएका छन्।

सागको भाउ पनि आज स्थिर छ।

हेर्नुस् मूल्यसूची

प्रकाशित: २२ माघ २०८० ८:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − four =