कर्णाली प्रदेशसभाले मनायो छैटौँ स्थापना दिवस

हिमाल प्रेस २१ माघ २०८० १८:०६
6
SHARES
कर्णाली प्रदेशसभाले मनायो छैटौँ स्थापना दिवस

सुर्खेत– कर्णाली प्रदेशसभाले छैटौँ स्थापना दिवस मनाएको छ। आइतबार प्रदेशसभा परिसरमा एक कार्यक्रमको आयोजना गरेर स्थापना दिवस मनाइएको हो। दिउँसो १ बजेबाट सुरु भएको कार्यक्रमका प्रदेश प्रमुख तिलक परियार, मुख्यमन्त्री राजकुमार शर्मा, विपक्षी दल नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेल, प्रदेशसभाका पदाधिकारीहरू तथा सदस्यहरू उपस्थित रहेका थिए।

कार्यक्रममा नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले प्रदेश सभाको गरिमा र प्रभावकारितामाथि प्रश्न गर्दै भने प्रदेश सरकारले प्रभावकारी भूमीका निर्वाह गर्न सकेको छैन। कर्णाली बनाउने तिर कसैको पनि ध्यान नगएको कँडेलले बताएका छन। उनले भने हिजोको भन्दा आज प्रदेश सभा निष्प्रभावित भएको छ। प्रदेश बनाउनका लागि जिम्मेवारीका हिसाबले काम गर्‍यो भने अघि बढ्न सक्नेसमेत जानकारी दिए।

प्रकाशित: २१ माघ २०८० १८:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − ten =