ठमेलमा चिनियाँ नागरिक मृत भेटिए

हिमाल प्रेस २१ माघ २०८० १५:४०
16
SHARES
ठमेलमा चिनियाँ नागरिक मृत भेटिए प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ- काठमाडौँको ठमेलमा एक जना चिनियाँ नागरिक मृत भेटिएका छन्। ठमेलको क्वाबहालस्थित नेपालय होम होस्टलमाा चिनियाँ नागरिक बाओ ग्वाङ मृत अवस्थामा भेटिएका हुन्।

४७ वर्षका ग्वाङ होस्टलको कोठामा मृत अवस्थामा भेटिएको प्रहरी वृत सोह्र्रखुट्टेले जनाएको छ। माघ १० बाट सो होस्टलमा बस्दै आएका चिनियाँ नागरिक ओछ्यानमा सिरक ओढेको अवस्थामा भेटिएका छन्। उनको शव पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ।

अहिलेसम्मको अनुसन्धानमा उनको मृत्यु शंकास्पद देखिएको छैन। पोष्टमार्टम रिपोर्ट आएपछि थप अनुसन्धान गरिने प्रहरी वृत सोह्रखुट्टेका डीएसपी सत्य थापाले जानकारी दिए।

प्रकाशित: २१ माघ २०८० १५:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 18 =