पत्रकार सेजुवालको ‘फल्स फ्रन्ट पेज’ पुस्तकमाथि वीरेन्द्रनगरमा विमर्श

हिमाल प्रेस २१ माघ २०८० १०:२२
8
SHARES
पत्रकार सेजुवालको ‘फल्स फ्रन्ट पेज’ पुस्तकमाथि वीरेन्द्रनगरमा विमर्श

सुर्खेत- कलेन्द्र सेजुवालद्वारा लिखित ‘फल्स फ्रन्ट पेज’ पुस्तकको शनिबार वीरेन्द्रनगरमा विमर्श गरिएको छ।

पुस्तकमाथि मध्यपश्चिम विश्विद्यालयका पूर्व रजिष्ट्रार प्राध्यापक डा महेन्द्रकुमार मल्लले समीक्षा गरेका छन्। पुस्तकको समीक्षा गर्दै डा मल्लले सुर्खेती पत्रकारिताको समग्रमा केन्द्रदेखि मोफसलसम्मको पत्रकारिताको कमीकमजोरी औंल्याइएको पुस्तक पठनीय रहेको बताए।

पत्रकारिता क्षेत्रमा देखिएको कमीकमजोरी हेर्ने ऐनाका रूपमा पुस्तकलाई लिन सकिने उनले बताए।

उनले संघीयताको क्रममा छुट्टै प्रदेशको माग गर्दै भएको ‘अखण्ड मध्यपश्चिम’ आन्दोलनका क्रममा सञ्चारमाध्यमले गरेको गल्ती र प्राथमिकताको विषयलाई पुस्तकले गहन रूपमा उजागर गरेको बताए।

पुस्तक विमर्श कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले पुस्तकमा उठान गरिएका विषयले पत्रकारिता जगतलाई नै सच्चिनुपर्ने सन्देश प्रवाह गरेको औंल्याए।

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले आफ्नै क्षेत्र भएपनि पत्रकारिताको बारेमा गल्ती औंल्याउने साहस लेखकले गरेको बताए।

‘रुवाण्डाको जातीय हिंसादेखि सुर्खेतको संघीयतासम्बन्धी आन्दोलनलाई सञ्चारमाध्यमले समावेश गर्ने क्रममा गरेका गल्ती र फैलाइएको भ्रमबारे पुस्तकमा चिरफार गरिएको छ,’ उनले भने, ‘हामीले हरेक क्षेत्रमा जिम्मेवार भएर काम गर्नुपर्छ, आफ्नो क्षेत्रभित्र भएका कमजोरीको विरोध गर्न सक्नुपर्छ भन्ने सन्देश पनि पुस्तकबाट दिइएको छ।’

‘फल्स फ्रन्ट पेज’ पुस्तकका लेखक सेजुवालले आफ्नै क्षेत्रका कमीकमजोरी औंल्याउने अभ्यास आफूले गरेको बताए।

उनले हरेक क्षेत्रमा भएका कमीकमजोरी त्यस क्षेत्रमा संलग्न व्यक्तिले गर्ने आँट राख्नुपर्ने बताए। पुस्तकको विमर्श कार्यक्रममा शैक्षिक क्षेत्रका व्यक्तित्व, विभिन्न विधाका लेखक, समालोचकहरुको सहभागिता रहेको थियो।

प्रकाशित: २१ माघ २०८० १०:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 8 =