राप्रपा नेपालको सदस्यता वितरण अभियान सुरु हुँदै

हिमाल प्रेस २१ माघ २०८० ७:१७
14
SHARES
राप्रपा नेपालको सदस्यता वितरण अभियान सुरु हुँदै

काठमाडौँ- राप्रपा नेपालले सदस्यता वितरण अभियान आजदेखि सुरु गर्दैछ।

पार्टी केन्द्रीय सचिवालयद्वारा आयोजित कार्यक्रममा आज अध्यक्ष कमल थापाले सदस्यता लिएपछि अभियान हुने पार्टीका महामन्त्री एवं केन्द्रीय सचिवालय प्रमुख भाष्कर भद्राले जानकारी दिए।

आज पार्टी पदाधिकारी र काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्य र जनवर्गीय संगठनका प्रमुखले सक्रिय सदस्यता लिने पार्टीले जनाएको छ। सक्रिय सदस्यता सम्बन्धी अवधारणा तथा नीति केन्द्रीय समितिको बैठकबाट पास भएपछि यसलाई लागू गर्न लागिएको समेत महामन्त्री भद्राले जानकारी दिए।

सक्रिय सदस्यताको म्याद एक वर्ष र पाँच वर्षको तोकिएको र सोही वमोजिम शुल्क निर्धारण गरिएको पार्टीले जनाएको छ।

एक बर्षे सदस्यताको शुल्क एक सय पचास र पाँच बर्षे सक्रिय सदस्यताको शुल्क पाँच सय तोकिएको छ। आज अभियानको शुभारम्भ भएपछि अब जिल्ला जिल्लामा पनि सक्रिय सदस्यता अभियान सन्चालन हुने जनाइएको छ।

प्रकाशित: २१ माघ २०८० ७:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + ten =