राप्रपा नेपालको कार्य सम्पादन समितिको बैठक आज बस्दै

हिमाल प्रेस २२ फागुन २०८० ७:३२
28
SHARES
राप्रपा नेपालको कार्य सम्पादन समितिको बैठक आज बस्दै राप्रपा नेपाल अध्यक्ष कमल थापा।

काठमाडौँ- राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्ने भएको छ।

आज दिउँसो १:०० बजे बस्ने तय भएको बैठकमा मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम र परिदृष्य, आन्दोलनको तयारी, वृहत् मोर्चा निर्माण ,संगठन सुदृढीकरण योजना ,प्रशिक्षण कार्यक्रम र सक्रिय सदस्यता वितरण अभियानका बारेमा छलफल हुने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

बैठकमा पार्टी अध्यक्ष कमल थापाले विकसित पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा धारणा राख्नेछन् भने जिल्ला भ्रमण र प्रशिक्षण कार्यक्रमको कार्यतालिका पनि तय गरिने पार्टीले जनाएको छ।

प्रकाशित: २२ फागुन २०८० ७:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − fifteen =