आर्मी आहा राराको पुनः फाइनलमा,चर्च ब्वाइज पराजित

विजय नेपाल १८ माघ २०८० १६:३५
10
SHARES
आर्मी आहा राराको पुनः फाइनलमा,चर्च ब्वाइज पराजित

पोखरा- त्रिभुवन आर्मी क्लब आहा रारा पाेखरा गोल्डकपकाे पुन: फाइनलमा पुगेकाे छ। पाेखरामा जारी २३औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो । ९० मिनेटको खेलमा पछिल्लो ५ मिनेट सम्हालिन नसक्दा आर्मीले जितका लागि अतिरिक्त समय कुर्नु परेको थियो।

६१औँ मिनेटमा आर्मीका मिडफिल्डर दिनेश हेन्जनले गोलको खाता खोलेका थिए। करिब ३० यार्ड टाढाबाट पाएको फ्रिकिकमा हेन्जले ग्राउन्ड सट प्रहार गरी बललाई जाली चुमाए। उनैले संकटालाई हराउँदा व्यक्तिगत २ गोल गरेका थिए। उनी सर्वाधिक गोलकर्ता (३ गोल) को दाबेदार छन्। ९० मिनेटको खेल बराबरीमा टुंगिएपछि ३० मिनेट थप गरिएको थियो।

आर्मीकै रासबहादुर मगरले गोल गर्दै गोलअन्तर २–१ मा ल्याए। ९९औँ मिनेटमा वसन्त जिम्बाको क्रसमा उनले सुन्दर गोल गरेका हुन्। त्यसअघि ८५औँ मिनेटमा समिर तामाङको गोल मद्दतबाट चर्च ब्वाइज बराबरीमा फर्किएको थियो। १०१औँ मिनेटमा लाइनअप नै नभएका कृपाकान्त चौधरीलाई सन्तोष खत्रीले मैदान छिराएपछि रेफ्रीले बाहिर पठाउँदा चर्च ब्वाइज उत्तरार्धमा १० खेलाडीमा सीमित भएको थियो।

खेल अवधिभर दुवै टिमले केही राम्रा अवसर खेर फाले। चोटका कारण आर्मीका कप्तान भरत खवास पहिलो हाफ र ३ गोल गरिसकेका हेन्जन दोस्रो हाफमा बेन्च फर्किएका थिए। १२०औँ मिनेटमा चर्च ब्वाइजले राम्रो अवसर गुमाएको थियो। कमल श्रेष्ठले दिएको क्रसमा डि एरियामा रहेका राजिव लोप्चनको प्रहार बाहिरियाे। उनका केही प्रहार आर्मीका गाेलरक्षक समिट श्रेष्ठले बचाएका थिए।

२०६० सालदेखि जारी संस्करणसम्म १५औँ पटक आहा रारा खेल्न आएको आर्मी चारपटकसम्म फाइनल पुगेर पनि उपाधि चुम्न भने सकेकाे छैन। यसपटक उपाधिका साथ १२ लाख जित्ने लक्ष्यसहित आर्मीले पहिलो खेलमा राइजिङस्टार क्लबको चुनौती १–० ले पन्छाएको थियाे। क्वाटरफाइनलमा साविक विजेता संकटा क्लबमाथि ३–० को सनसनी जित दर्ता गरेको थियो।

विभागीय आर्मीले शनिबार फाइनलमा थ्रीस्टारको सामना गर्नेछ। दुवैले ५ वर्षपछि फाइनल खेल्न लागेका हुन्। पाँचपटकको उपाधि विजेता थ्रीस्टारले पहिलो सेमिफाइनलमा जावलाखेल युथ क्लबविरुद्ध १–० को गोलअन्तर निकालेको थियो। उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई पराजित गरी क्वाटरफाइनलमा भुटानी टिम पारो एफसीको चुनौती पन्छाउँदै जावलाखेलसँग भेट सुनिश्चित गरेको थियो।

शनिबारको फाइनलमा उपाधि जिते आर्मीका लागि ऐतिहासिक हुनेछ भने थ्रीस्टारको पक्षमा उपाधि गए सर्वाधिक विजेता नेपाल प्रहरी र मनाङ मर्स्याङ्दीसँग बराबरी गर्नेछ। छपटक उपाधि चुमिसकेका पुलिस र मनाङ यसपालि क्वाटरफाइनलबाटै बिदा भइसके।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्तासहित विधागततर्फसमेत पुरस्कार व्यवस्था रहेको आयोजकले जनाएकाे छ।

प्रकाशित: १८ माघ २०८० १६:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + one =