माधव नेपालले भने : दरबार हत्याकाण्डबारे प्रधानमन्त्रीले विचार नपुर्‍याई बोल्नुभयो

हिमाल प्रेस १८ माघ २०८० १४:२१
10
SHARES
माधव नेपालले भने : दरबार हत्याकाण्डबारे प्रधानमन्त्रीले विचार नपुर्‍याई बोल्नुभयो

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले दरबार हत्याकाण्डबारे प्रधानमन्त्री पुष्पकमल दाहालले विचार नपुर्‍याई टिप्पणी गरेको बताएका छन्। आज बिहीबार जनकपुरमा समाजवादी पत्रकार संघ धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले दरबार हत्याकाण्डबारे प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिबारे टिप्पणी गरेका हुन्।

दाहालले सरकारले दरबार हत्याकाण्ड छानबिन गर्ने घोषणा गरेका थिए। उनले यस्ता विवादास्पद विषयमा बोल्नुअघि प्रधानमन्त्रीले विचार पुर्‍याउनु पर्ने र गठबन्धन दलसँग सल्लाह गर्नुपर्ने बताए।

‘अहिले प्रधानमन्त्रीजीले फेरि छानबिन गर्ने कुरा गर्नुभयो। यस्ता कुराका बारेमा अलि सरसल्लाह गरेको भए राम्रो हुन्थ्यो। हामीसँग पनि सल्लाह भएको छैन,’ उनले भने, ‘मैसँग पनि सोधे त हुन्थ्यो नि। कमसेकम गिरिजाबाबुले त मलाई सोध्ने गर्नुहुन्थ्यो, के गर्ने माधव बाबु भन्नुहुन्थ्यो। हाम्रो प्रचण्डजी छिटो बोलिहाल्नुहुन्छ।’

प्रकाशित: १८ माघ २०८० १४:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − six =