आहा रारा गोल्ड कप : फाइनल प्रवेशका लागि आर्मी र चर्चब्वाइज भिड्दै

हिमाल प्रेस १८ माघ २०८० ७:०१
10
SHARES
आहा रारा गोल्ड कप : फाइनल प्रवेशका लागि आर्मी र चर्चब्वाइज भिड्दै

काठमाडौँ- आहारारा पोखरा गोल्डकपको फाइनल प्रवेशका लागि त्रिभुवन आर्मी र चर्चब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ। पोखरा रंगशालामा दिउँसो साढे २ बजेदेखि खेल सुरु हुनेछ।

आजको खेल जित्ने टिमले शनिबार हुने २३औं आहारारा पोखरा गोल्डकपको उपाधि भिडन्तमा सामेल हुनेछ। यसअघि नै जावलाखेललाई १–० ले हराउँदै थ्रीस्टार क्लब फाइनल प्रवेश गरिसकेको छ।

आहारारामा त्रिभुवन आर्मी र चर्च ब्वाइज पहिलो पटक भिड्न लागेका हुन्। अघिल्लो संस्करणदेखि सहभागी हुन लागेको चर्चब्वाइज पहिलो संस्करणमै सेमिफाइनलसम्म पुगेको थियो । तर, सेमिफाइनलमा अमेरिकन टिम बीवाईएससीसँग १–० ले पराजित हुँदा उपाधि नजिक पुगेर पनि बाहिरिनुपर्‍यो।

चर्चब्वाइज बाइ पाउँदै सीधै क्वार्टरफाइनल प्रवेश गरेको थियो । क्वार्टरफाइनलमा आहाराराकै सर्वाधिक सफल टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का बनाएको हो ।

आहाराराको पुरानो र अनुभवी त्रिभुवन आर्मी क्लब हालसम्म उपाधिविहीन छ । पटकपटक फाइनल पुगेर पनि हार व्यहोर्दा हालसम्म उपाधि जित्न सकेको छैन । आहारारा पोखरा गोल्डकपमा यो विभागीय टिम आर्मीको १५ सहभागिता हो ।

प्रकाशित: १८ माघ २०८० ७:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =