आईसीसी यू-१९ विश्वकप : नेपाल सुपर सिक्समा

हिमाल प्रेस १२ माघ २०८० २०:४१
22
SHARES
आईसीसी यू-१९ विश्वकप : नेपाल सुपर सिक्समा

काठमाडौँ- नेपाल आईसीसी यू-१९ विश्वकपको सपर सिक्समा पुगेको छ। शुक्रबार भएको खेलमा अफगानिस्तानलाई नेपालले एक विकेटले हराएको हो।

पहिले ब्याटिङ गरेको अफगानिस्तानले १४५ रन बनाएको थियो। १४६ रनको लक्ष्य पछ्याएको नेपालले ४४.४ ओभरमा ९ विकेटको क्षतिमा लक्ष्य भेटाएको हो।

अफगानिस्तानविरुद्ध नेपालका आकाश चन्दले ५ विकेट लिएका थिए। त्यस्तै दीपक कँडेलले २, गुल्सन झा, सुवास भण्डारी र तीकल भण्डारीले समान १/१ विकेट लिए।

अफगानिस्तानका लागि एएम घजान्फरले ३७, फरिदुन दाउद्जाईले २९, हसन आइसाखिलले २० रन बनाएका थिए। नेपालविरुद्ध अफगानिस्तानका फरिदुनले ३, खलिल अहमद र नसिर खान मरुफखिलले समान २, एएम घजान्फर, अरब गुलले समान १/१ विकेट लिएका थिए।

प्रकाशित: १२ माघ २०८० २०:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =