रुसी सेनामा चार गोली लागेका दैलेखका वली स्वदेश फर्किए, काठमाडौँमा उपचार गराउँदै

हिमाल प्रेस १२ माघ २०८० १५:५१
112
SHARES
रुसी सेनामा चार गोली लागेका दैलेखका वली स्वदेश फर्किए, काठमाडौँमा उपचार गराउँदै

काठमाडौँ- रुसी सेनामा भर्ती भएका दैलेखका कृष्णबहादुर वली गम्भीर घाइते भएर स्वदेश फर्किएका छन्। उनी बिहीबार राति साथीको सहयोगमा महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पुगेका थिए। वली बिहीबार नै रुसबाट आएको उपचारमा संलग्न चिकित्सकको अनुमान छ। उनी कसरी नेपाल आए भन्नेबारे केही खुलेकाे छैन।

वलीलाई अस्पताल ल्याउने व्यक्तिसमेत थाहा नभएको अस्पतालका कर्मचारीले बताएका छन्। उनको उपचारमा खटिएका चिकित्सकका अनुसार वलीको खुट्टामा तीन गोली, कुम र साइटमा एक गोली लागेको छ। बायाँ हातको साइटमा छर्रा लागेको छ।

वली शरीरमा लागेको गोली निकालेर नेपाल आएको ती चिकित्सकले बताए। उनले भने, ‘वली रुसमै सामान्य उपचार गरेर स्वदेश फर्किएका छन्। उनको शरीमा गोली छैन।’
ती चिकित्सकका अनुसार वलीले केही बोलेका छैनन्। ‘उनी ज्याकेट लगाएर बसेका छन्। उनको मानसिक स्थिति पनि त्यति राम्रो छैन। त्यही भएर डाक्टरसँग सामान्य इसाराले बोल्छन्’, ती चिकित्सकले भने।

वली बिहीबार राति १२ बजेतिर अस्पताल पुगेका थिए। उनले इमरजेन्सी कक्षबाहिर पुगेर ‘मलाई गोली लागेको छ, इमर्जेन्सी उपचार चाहियो’ भनेपछि काउन्टरका कर्मचारीले डाक्टरलाई खबर गरेका थिए। नेपाल कसरी आएको भनेर उनले केही खुलाएका छैनन्। वली युक्रेनी सेनाको आक्रमणमा परी गम्भीर घाइते भएको चिकित्सकको अनुमान छ। साथमा रहेको पासपोर्टले उनी दैलेखमा रहेको जानकारी पाएको ती चिकित्सकले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =