शैक्षिकसत्र अगावै विद्यार्थी भर्ना नगर्न विद्यालयलाई काठमाडौँ महानगरको परिपत्र

हिमाल प्रेस १२ माघ २०८० ९:३६
22
SHARES
शैक्षिकसत्र अगावै विद्यार्थी भर्ना नगर्न विद्यालयलाई काठमाडौँ महानगरको परिपत्र

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले शैक्षिकसत्र अगावै विद्यार्थी भर्नाको सूचना प्रकाशन गरेको पाइएमा त्यस्ता विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएको छ।

महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले बिहीबार शैक्षिक सत्रको सुरुआतको समय नभई विद्यार्थी भर्नाका लागि कुनै पनि तरिकाले सूचना प्रकाशन नगर्न नगराउन महानगरपालिकाअन्तर्गतका सबै विद्यालयलाई परिपत्र गरेका छन्।

विद्यालयले अनलाइन तथा अन्य विभिन्न माध्यमबाट भर्नाका लागि सूचना गरको भन्ने उजुरीप्रति शिक्षा विभागको गम्भीर ध्यानाकर्षण भएको कोइरालाले पत्रमा उल्लेख गरेका छन्।

भर्नाका लागि सूचना प्रकाशन गरेको पाइएमा काठमाडौं महानगरपालिकाको शिक्षा ऐन, २०७५ तथा अन्य प्रचलित कानुनबमोजिम कारबाही गर्ने चेतावनी कोइरालाले दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =