राष्ट्रियसभा निर्वाचन : कर्णालीमा मतगणना सुरु

हिमाल प्रेस ११ माघ २०८० १६:२९
8
SHARES
राष्ट्रियसभा निर्वाचन : कर्णालीमा मतगणना सुरु

सुर्खेत– राष्ट्रियसभा सदस्य पदका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ। बिहान ९ बजेदेखि सुरु भएको मतदान १ः१५ मा सकिएको थियो। मतगणना कार्य केही समय अघिदेखि सुरु भएको निर्वाचन अधिकृत कार्यालयका उज्जवल रावलले जानकारी दिए।

निर्वाचनमा प्रदेशसभा तर्फका ४० सदस्यले मतदान गरेका थिए। यस्तै ७९ स्थानीय तहका कुल १५८ मतदातामध्ये १५६ जनाले मतदान गरेका थिए। कर्णाली प्रदेशबाट तीन पदका लागि ६ जना उम्मेदवार छन्।

सत्तारुढ गठबन्धन दलबाट अन्य कलस्टरमा कृष्णबहादुर रोकाया, महिलातर्फ सावित्री मल्ल र दलिततर्फ विष्णु विकले उम्मेदवार छन्। यस्तै, नेकपा एमालेका तर्फबाट अन्यमा डिल्ली प्रसाद भट्ट, महिलातर्फ विमला शाही र दलिततर्फ हिक्मत विकले उम्मेदवार छन्।

यसपटक भएको निर्वाचनमा प्रति प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तह प्रति मतदाता १९ मतभार रहेको छ।

प्रकाशित: ११ माघ २०८० १६:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 5 =