यस्तो छ आज सुनचाँदीको मूल्य

हिमाल प्रेस ११ माघ २०८० १२:०२
16
SHARES
यस्तो छ आज सुनचाँदीको मूल्य

काठमाडौँ- नेपाली बजारमा बिहीबार सुनकाे मूल्य घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १८ हजार रुपैयाँ कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा बिहीबार छापावाल सुन ४०० रुपैयाँले घटेको हो।

महासंघले तेजाबी सुनको मूल्य भने प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको जनाएकाे छ। बुधबार छापावाल सुन १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी बिहीबार चाँदी प्रतितोला १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारको तुलनामा चाँदी २० रुपैयाँले बढेको हो। बुधबार चाँदी प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित: ११ माघ २०८० १२:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =