यसरी लिनुस् अनलाइनबाट त्रिविको प्रमाणपत्र (प्रक्रियासहित)

हिमाल प्रेस १० माघ २०८० २०:३७
196
SHARES
यसरी लिनुस् अनलाइनबाट त्रिविको प्रमाणपत्र (प्रक्रियासहित)

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयका कुनै पनि शैक्षिक प्रमाणपत्र लिन अब परीक्षा नियन्त्रण कार्यालय (पनिका) पुग्नु पर्ने छैन।

पनिकाले यही माघ १५ गतेदेखि सबै शैक्षिक प्रमाणपत्रको काम अनलाइनमार्फत गर्ने र सम्बन्धित पनिकाका क्षेत्रीय कार्यालयमा पठाउने भएकाले अब विद्यार्थीलाई बल्खुस्थित पनिका कार्यालयमा पुग्न नपर्ने भएको हो।

माघ १५ गतेदेखि विद्यार्थीले ट्रान्सक्रिष्ट, प्रोविजन सर्टिफिकेट, पुनर्योग, कुनै पनि प्रमाणपत्रको प्रतिलिपि तथा सच्चाउनुपर्नेजस्ता काम अनलाइनबाट गर्न सकिनेछ ।

यद्यपि केही समय भने अनलाइन र अफलाइन दुवै सेवाहरू सञ्चालन हुने पनिकाले जनाएको छ।

यसरी गर्नुस् अनलाइन प्रक्रिया

  • tuexam.edu.np मा login गर्ने ।
  • Certificate link मा click गर्ने।
  • Sign up गरेपछि e-mail मा एउटा लिंक देखाउँछ र उक्त लिंकमा click गर्ने।
  • Registration slip upload गर्ने interface आउँछ र यो अपलोड गर्ने। pdf, jpg र image form को प्रयोग गर्न सकिनेछ।
  • त्यसपछि Transcript मा गएर आवश्यक सूचना भर्ने, त्यसै गरी अन्य सेवा आवश्यक भए सोही अनुसार माग गरिएको सेवामा click गरी माग भएको सूचना उपलब्ध गराउने र online मा उल्लेख गरिएको सूचना अनुसार फारम भर्ने र सोही अनुसार बैंकमा तोकिए‌को रकम जम्मा गरी अन्त्यमा submit गर्ने।
  • Submit भएपछि सम्बन्धित शाखाबाट उक्त सूचनाको आधारमा सेवा प्रवाहको प्रक्रिया  गर्नेछ र सबै मिलेको खण्डमा ट्रान्सकृष्ट प्रिन्टको प्रकृयामा जानेछ।प्रमाणीकरण गरी तयार भएको ट्रान्स्कृप्टको सूचना सेवाग्राहीलाई पठाइनेछ। यदी सूचना अपूर्ण भएमा वा गलत भएमा सो को जानकारी पनि सम्बन्धित विद्यार्थीलाई पठाइनेछ र आवश्यक प्रकृया पूरा गरी पुनः upload गरी पूर्ववत् सेवा सुचारु भई कार्यान्वयनमा जानेछ।
  • Online सेवाबाट सेवा सुविधा लिने विद्यार्थीहरूको प्रमाणपत्र सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय मार्फत वितरण गरिनेछ।
  • यो प्रकियासँग सम्बन्धित कोही समस्याहरू भएमा e-mail वा फोन नं. मार्फत सूचना आदान प्रदान गरिने भएकोले आ-आफ्‌नो सम्पर्क नम्बर र mail address सोही अनुसार upload गर्नुपर्नेछ।

प्रकाशित: १० माघ २०८० २०:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 8 =