सहिदको सम्झना [तस्बिरहरू]

दिपेश श्रेष्ठ १० माघ २०८० १०:०६
8
SHARES
सहिदको सम्झना [तस्बिरहरू]

काठमाडौँ- आजदेखि सहिद सप्ताह सुरु भएको छ। राणा शासनविरुद्धको आन्दोलनमा उत्रिँदा सहिद भएका चार सहिदको सम्झनामा आजबाट सहिद सप्ताह सुरु भएको हो।

सहिद सप्ताहको पहिलो दिन टेकुस्थित सहिद शुक्रराज शास्त्रीको सालिकमा माल्यार्पण गरेर सुरुवात गरिएको हो। काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलद्वारा सहिद शुक्रराज शास्त्रीको शालिकमा माल्यार्पण गरिन्।

विसं १९९७ को माघ १० गते शास्रीलाई काठमाडौँको पचलीमा मृत्युदण्ड दिइएको थियो। उनीसहित अन्य ३ सहिदलाई माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र माघ १५ गते गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई शोभाभगवतीमा तत्कालीन शासक पक्षले मृत्युदण्ड दिएको थियो।

तिनै सहिदहरूको सम्झना स्वरूप आज माघ १६ गते सहिद दिवसका दिन सहिदहरुको सालिकमा माल्यार्पण गरि सम्झना तथा सम्मान गर्ने गरिन्छ।

 

प्रकाशित: १० माघ २०८० १०:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 12 =