राप्रपा नेपालको पूर्वाञ्चल स्तरीय प्रशिक्षण गर्ने

हिमाल प्रेस ८ माघ २०८० १०:०६
22
SHARES
राप्रपा नेपालको पूर्वाञ्चल स्तरीय प्रशिक्षण गर्ने राप्रपा नेपाल अध्यक्ष कमल थापा।

काठमाडौँ- राप्रपा नेपालको पूर्वाञ्चल क्षेत्र स्तरीय प्रशिक्षण कार्यक्रम आगामी माघ २४ गते सुनसरीको इटहरीमा आयोजना गरिने भएको छ।

यसअघि मुलुकको विभिन्न ६ ठाउँमा पार्टीले यस्तै भेला र प्रशिक्षण सम्पन्न गरेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए। उनका अनुसार सात स्थानमा क्षेत्रीय स्तरको भेला प्रशिक्षण सम्पन्न भए पछि जिल्ला तहमा सघन रूपमा प्रशिक्षण सन्चालन गरिनेछ।

यसअघि मध्यमाञ्चलको काठमाडौं ,तराई-मधेशको महोत्तरी,लुम्बिनिको रुपन्देही,कर्णालीको सुर्खेत, सुदुरपश्चिमान्चलको कन्चनपुर,पश्चिमान्चलको पोखरामा प्रशिक्षण सम्पन्न भएका थिए।

पूर्वान्चलको कार्यक्रमको निमित्त सुनसरी जिल्ला समितिको बैठक बसि तयारी सुरु भइसकेको र जिम्मेवारी विभाजन गरि विभिन्न समितिहरु समेत निर्माण गर्ने काम गरिएको सहमहामन्त्री प्रेमप्रसाद भट्टराईले जानकारी दिए।

आन्दोलन र संगठन निर्माणलाई पार्टीलेसँगै लैजाने नीति अनुरुप काम भैरहेको पार्टीले जनाएको छ।

प्रकाशित: ८ माघ २०८० १०:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =