उच्चको आदेशपछि खोलियो प्रतिष्ठानको ताला, अदालतप्रति हर्कको यस्तो कटाक्ष

हिमाल प्रेस ५ माघ २०८० २०:४४
74
SHARES
उच्चको आदेशपछि खोलियो प्रतिष्ठानको ताला, अदालतप्रति हर्कको यस्तो कटाक्ष माघ १ गते उपकुलपतिको कार्यकक्षमा ताला लगाउँदै मेयर साम्पाङ।

इटहरी- धरानास्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगाएको तालाबन्दी उच्च अदालत विराटनगरको आदेशपछि खुलेको छ। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले गत माघ १ गते प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गरेका थिए।

उच्च अदालत विराटनगरले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा बन्द, हड्ताल, तालाबन्दी नगर्न/नगराउन आदेश जारी गरेपछि प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा लगाएको ताला खोलिएको हो।

जारी आदेशमा भनिएको छ, ‘बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानजस्तो अस्पतालमा दैनिक हजारौं बिरामीले स्वास्थ्य सेवा र उपचार लिन आउने भएकाले मानवीय संवेदनशीलता भएको स्वास्थ्य संस्थामा बन्द हड्ताल, तालाबन्दीजस्ता कार्य भई स्वास्थ्य उपचारको सेवाबाट बिरामीहरू वञ्चित हुन गइरहेको अवस्थामा सार्वजनिक हितका लागि एवं नागरिकहरूको स्वास्थ्य उपचार पाउने हकअधिकार समेतबाट उक्त प्रतिष्ठानमा गरिएको तालबन्दी खोली नियमित स्वास्थ्य उपचारको सेवाहरू दैनिक सुचारु गर्नू/गराउनू एवं कुनै पनि व्यक्ति, संस्था, संगठनहरूबाट बन्द हड्ताल, तालाबन्दी नगर्नू/नगराउनू भनी विपक्षीहरूको नाउँमा देवानी कार्यविधि संहिता २०७४ को दफा १५८ तथा उच्च अदालत नियमावली २०७३ को नियम ४२ बमोजिम अन्तरिम आदेश जारी गरी दिएको।’

रिटमाथि सुनवाइ गर्दै उच्च अदालतले कारण देखाऊ आदेश जारी गरेपछि शुक्रबार ताला खुलेको हो। उच्च अदालत विराटनगरका न्यायाधीश श्रीधराकुमारी पुडासैनीको इजलासले ताला खोल्न आदेश दिएको हो।

रिटमा जिल्ला प्रशासन कार्यालय सुनसरी र धरानका नगरप्रमुख साम्पाङसहित ९ विपक्षीको नाममा उच्चले अन्तरिम आदेशसहित कारण देखाऊ आदेश जारी गरेको हो।

यता अदालतको आदेशपछि हर्कले भने हजारौँ बिरामीले उपचार नपाएकोबारे भने अदालतको नजर नपरेको बताए। ‘मैले लगाएको सानो एक पाउ जतिको ताला देख्ने अदालतले हजारौँ बिरामी उपचार नपाएर चिसोमा बाहिर चौरीमा रुFदै सुतेको र अकालमा मरेको देखन,’ सामाजिक सञ्जाल फेसबुकमा साम्पाङले लेखेका छन्, ‘हो मै हुँ अपराधी। मलाई कठघरामा उभ्याउनु किनकि, मैले जनताको दुःख बुझ्ने अपराध गरेँ। धन्यवाद।’

उपकुलपतिको कार्यकक्षमा साम्पाङले लगाए ताला, भने- घिसार्दै निकाल्न नपरोस्

प्रकाशित: ५ माघ २०८० २०:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 9 =