सीतापाइलामा माइनिङ तथा कन्स्ट्रक्सन टायरको सोरुम

हिमाल प्रेस ४ माघ २०८० १७:००
2
SHARE
सीतापाइलामा माइनिङ तथा कन्स्ट्रक्सन टायरको सोरुम

काठमाडौँ– जेके अफ द रोड टायरको नेपालका लागि आधिकारिक विक्रेता डेल्टा डिस्ट्रिब्युटर्स प्रालिले सीतापाइलामा माइनिङ तथा कन्स्ट्रक्सन टायरको सोरुम शुभारम्भ गरेको छ। जेके ओटीआर इन्डियाका बिजनेस हेड देबासिस खुन्तियाले बुधबार एक कार्यक्रमबीच सोरुम उद्घाटन गरेका हुन्।

उक्त अवसरमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरी, उपाध्यक्ष राजनबाबु श्रेष्ठलगायत अटोमोबाइल क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थिति थियो।

‘माइनिङ एन्ड कन्स्ट्रक्सन पेभिलियन’ का नामबाट सञ्चालित सोरुममा जेके टायरका सबै किसिमका हेभी इक्विपमेन्ट, कन्स्ट्रक्सन तथा इन्डस्ट्रीमा प्रयोग हुने टायर उपलब्ध हुने जनाइएको छ।

हेभी इक्विपमेन्ट तथा मेसिनमा प्रयोगअनुसारको टायर परामर्श, क्लेम सेटलमेन्ट तथा आफ्टर सेल्स सर्भिस उपलब्ध हुने जेके ओटीआरका जोनल हेड शुभम् प्रसादले जानकारी दिए। नेपाल तथा दक्षिण एसियाकै जेकेको पहिलो एक्सक्लुसिभ ओटीआर सोरुम भएको र यसले सबै मेसिन तथा इक्विपमेन्ट टायरको बढ्दो माग पूरा गर्ने जानकारी डेल्टा डिस्ट्रिब्युटर्स प्रालिका डाइरेक्टर विक्रम सिंघानियाले दिए।

अत्याधुनिक मेसिनरीका साथ सबैभन्दा स्वचालित प्रक्रिया र उन्नत प्रविधिले सुसज्जित गरी उत्पादन गरिएका जेके टायर लोकप्रिय मानिन्छन्। कम्पनीले सानो १४ किलोग्रामको फोर्कलिफ्ट टायरदेखि भारतको सबैभन्दा ठूलो ४०.००–५७ साइज, करिब ३ हजार ४ सय किलोग्राम तौल र १२ फिट व्यास भएको टायरसमेत उत्पादन गर्दै आएको छ, जुन ठूलो रिजिड डम्प ट्रकका लागि उपयोग गरिन्छ।

प्रकाशित: ४ माघ २०८० १७:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 9 =