मेलम्चीको पानीमा गुणस्तर शंका नगर्न खानेपानी मन्त्रालयको अनुरोध

हिमाल प्रेस ३ माघ २०८० ७:०२
4
SHARES
मेलम्चीको पानीमा गुणस्तर शंका नगर्न खानेपानी मन्त्रालयको अनुरोध सिंहदरबारमा मेलम्ची खानेपानीको धारा उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'। फाइल तस्बिर

काठमाडौँ- खानेपानी मन्त्रालयले काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानी वितरणमा समस्या देखिएमा सहजीकरण समितिमा सम्पर्क गर्न अनुरोध गरेको छ। समिति मेलम्चीको खानेपानी सन्तुलित रूपमा वितरण भए/नभएको जानकारी गराउने, पानी वितरण क्रममा कुनै स्थानमा चुहावट भए सोको जानकारी लिने, पानी नआएको स्थानको जानकारी लिने, धमिलो पानी आएको लगायतका विभिन्न विषयहरूमा अनुगमन गर्ने उद्देश्यले गठन भएको हो।

काठमाडौँ उपत्यकाभित्र सोमबारदेखि मेलम्चीको खानेपानी वितरण भइरहेको छ। मन्त्रालयले मेलम्ची खानेपानी सर्वसुलभ रूपमा सबै उपत्यकावासीको घरघरमा सन्तुलित र समानुपातिक हिसाबले वितरण गर्न प्रयत्नशील रहेको जनाएको छ।

मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ, ‘मेलम्ची खानेपानीको नयाँ पाइप लाइन परीक्षण सम्पन्न भएका स्थानहरूमा नयाँ वितरण सञ्जालबाट तथा परीक्षण नभएका स्थानहरूमा पुरानै वितरण सञ्जालबाट वितरण भइरहेको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।’

साथै मेलम्ची खानेपानी आयोजनाको प्रशोधन केन्द्र सुन्दरीजलमा विश्व स्वास्थ्य संगठनको मापदण्डबमोजिम प्रशोधन गरी प्रसारण गरिएको मन्त्रालयको भनाइ छ। पुराना वितरण पाइप लाइनहरू लामो समयसम्म सञ्चालन नहुँदा पाइपमा रहेको माटोको अवशेषका कारण पानी वितरण क्रममा केही समय पानी धमिलो आउनसक्ने मन्त्रालयको सूचनामा उल्लेख छ।

साथै मन्त्रालयले क्रमशः सफा पानी प्रवाह हुने भएकोले खानेपानीको गुणस्तरमा शंका नगर्न र बाहिरी हल्लाहरूको पछि नलाग्न हुन मन्त्रालय र मन्त्रालय मातहतका खानेपानी उत्पादन र वितरणसँग सम्बन्धित निकायहरू सबैमा अपिल गरेको छ।

मन्त्रालयले पानी वितरण क्रममा कुनै समस्या देखिए वा कुनै घटना हुन गएमा देहायका पदाधिकारीहरूलाई सम्पर्क गर्न अनुरोध गरेको छ :

संयोजक : पदमबहादुर कुँवर, सीडीई मेलम्ची खानेपानी विकास समिति (९८५१३२४११०)
सदस्य : उमेशबाबु मरहठ्ठा, उप-प्रबन्धक, केयूकेएल. (९८४१३५१५८५)
सदस्य : विकेश बधानथ्याचे, सीडीई, आयोजना कार्यान्वयन निर्देशनालय (९८०३०६२३६२)
सदस्य : दीपेश ढकाल, काप्र केयूकेएल (९८६०७४४६९६)

प्रकाशित: ३ माघ २०८० ७:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 3 =