रेलमार्ग निर्माणका क्रममा जनताको गुनासो सुन्छौँ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री

हिमाल प्रेस २८ पुष २०८० १३:२२ | Saturday, January 13, 2024
रेलमार्ग निर्माणका क्रममा जनताको गुनासो सुन्छौँ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री

चितवन- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पूर्वपश्चिम रेलमार्ग निर्माणका क्रममा जनताका गुनासो सम्बोधन गर्दै सरकार अघि बढ्ने बताएका छन्।

यहाँ आज पत्रकारसँग कुरा गर्दै उनले रेलमार्ग अध्ययनका क्रममा बस्तीमा परेको भन्दै जनता आन्दोलित बनेको विषयमा सर्वपक्षीय छलफलबाट समस्याको समाधान निकाल्ने बताए। उनले भने, ‘जनताको गुनासो सम्बोधन गरेर अघि बढ्छौँ।’ तत्काललाई अध्ययनको काम रोकिएको उनले जानकारी दिए।

जनताको असन्तुष्टि गुनासाका विषयमा आफ्नो ध्यानाकर्षण भएको उनले बताए। उनले भने, ‘आज हामी यहाँको अवस्था केहो, के कति क्षति हुन्छ भन्ने विषयमा छलफलबाट निष्कर्ष निकाल्ने छौँ।’

जनप्रतिनिधि, दलका प्रतिनिधि र सरोकारवालाबीच आजै छलफल गरिने उनले बताए। पूर्वपश्चिम रेलमार्गाको रेखांकनको विषयमा आफूहरू छलफलका क्रममा रहेको उनले बताए। विवाद आइसकेपछि काम अहिलेका लागि स्थगित गरिएको उनको भनाइ छ।

प्रकाशित: २८ पुष २०८० १३:२२ | Saturday, January 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast