श्रीलंकामा वर्षा : १५ हजार परिवार विस्थापित

हिमाल प्रेस २६ पुष २०८० २१:०८
10
SHARES
श्रीलंकामा वर्षा : १५ हजार परिवार विस्थापित

कोलम्बो (रासस-सिन्ह्वा)- श्रीलंकामा हालैका दिनहरूमा प्रतिकुल मौसमका कारण १५ हजारभन्दा बढी परिवार प्रभावित भएका छन्।

विपद् व्यवस्थापन केन्द्र (डीएमसी) का महानिर्देशक सुदन्थ रणसिंघेले बिहीबार दिएको जानकारीअनुसार लगातारको भारी वर्षाका कारण पूर्वी प्रान्तको अम्पारा जिल्लामा १५ हजार ३६३ परिवार प्रभावित भएका छन्।

अम्पाराका जिल्ला सेक्रेटरी चिन्थका अबेविक्रमले सबैभन्दा बढी प्रभावितलाई घर बनाउन आठवटा राहत शिविर स्थापना गरेको बताए। रणसिंघेले वर्तमान प्रतिकूल मौसमले उत्तर मध्य, उत्तरी र पूर्वी प्रदेशमा बढी असर गरेको बताएका छन्।

सिँचाइ विभागले राखेका ठूला ट्यांकीको पानीको स्तर ९५ प्रतिशत रहेको र सिलोन विद्युत बोर्ड र महावेली प्राधिकरणले व्यवस्थापन गरेका ट्यांकीमा पानीको सतह करिब ९७ प्रतिशत रहेको उनले बताएका छन्।

यसैबीच देशको मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि पानी पर्ने क्रम कम हुने जनाएको छ।

प्रकाशित: २६ पुष २०८० २१:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =