इजरायलले नरसंहार महासन्धिको उल्लंघन गर्‍यो : दक्षिण अफ्रिका

हिमाल प्रेस २६ पुष २०८० १९:१६
इजरायलले नरसंहार महासन्धिको उल्लंघन गर्‍यो : दक्षिण अफ्रिका

दी हेग (रासस/एएफपी)- दक्षिण अफ्रिकाले बिहीबार इजरायलमाथि संयुक्त राष्ट्रस‌ंघीय नरसंहार महासन्धिको उल्लंघन गरेको आरोप लगाएको छ। अक्टोबर ७ मा हमासले गरेको घातक हमलाले पनि त्यस्ता कथित कार्यहरूलाई औचित्य पुष्टि गर्न नसक्ने उसले बताएको छ।

प्रिटोरियाले इजरायललाई उसको सैन्य कारबाही ‘तत्काल निलम्बन’ गर्न बाध्य बनाउनका लागि अन्तर्राष्ट्रिय न्यायालय ९आइसीजे० मा तत्काल अपिल गरेको छ। इजराइलले उक्त मुद्दालाई ‘आततायी’ र ‘हास्यास्पद’ भन्दै अस्वीकार गरेको छ र शुक्रबार प्रतिरक्षा गर्ने बताएको छ।

‘राज्यको क्षेत्रमा कुनै पनि सशस्त्र हमला जति नै गम्भीर नै किन नहोस्, महासन्धिको उल्लंद्दनलाई औचित्य प्रदान गर्न सक्दैन वा त्यसको बचाउm गर्न सक्दैन,’ प्रिटोरियाका न्यायमन्त्री रोनाल्ड लामोलाले भने, ‘अक्टोबर ७ को हमलालाई लिएर इजराइलको प्रतिक्रियाले यो सीमालाई पार गरेको छ र महासन्धिको उल्लंद्दनलाई जन्म दिएको छ।’

हमासले इजरायली क्षेत्रमा अभूतपूर्व हमला गरेपछि युद्ध सुरु भएको हो। आधिकारिक आँकडाका आधारमा एएफपीका अनुसार हमासको आक्रमणमा अधिकांश सर्वसाधारणसहित करिब एक हजार एक सय ४० जना मारिएका थिए।

हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलले लगातार गरेको सैन्य कारबाहीमा अधिकांश महिला तथा बालबालिकासहित गाजामा कम्तीमा २३ हजार तीन सय ५७ को मृत्यु भएको छ।

इजरायलले राष्ट्रसंद्दीय नरसंहार महासन्धिअन्तर्गत आफ्ना प्रतिबद्धताहरू तोडेको दक्षिण अफ्रिकाले तर्क दिएको छ। सन् १९४८ मा उक्त महासन्धिमा हस्ताक्षर गरिएको थियो।

प्रकाशित: २६ पुष २०८० १९:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − five =