नागरिक उन्मुक्तिको पहिलो महाअधिवेशन : रेशम आफैँ बन्लान् अध्यक्ष?

हिमाल प्रेस २६ पुष २०८० ८:३४
10
SHARES
नागरिक उन्मुक्तिको पहिलो महाअधिवेशन : रेशम आफैँ बन्लान् अध्यक्ष?

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीको पहिलो महाअधिवेशन आजदेखि सुरु हुँदैछ।

कैलालीको टीकापुरमा हुने महाधिवेशनको सबै तयारी पूरा भएको पार्टीले जनाएको छ। बिहीबारदेखि शनिबारसम्म चल्ने महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ।

महाधिवेशनमा देशभरिबाट करिब ८ हजार प्रतिनिधिहरू सहभागी हुनेछन्। तर सर्वसम्मतरुपमा नेतृत्व चयन हुने संरक्षक चौधरीको दाबी छ।

महाधिवेशनले २८ पदाधिकारीसहित ५०१ सदस्यीय केन्द्रीय समितिको निर्वाचन गर्नेछ। विधानअनुसार नागरिक उन्मुक्तिले महाधिवेशनबाट अध्यक्ष, सहअध्यक्ष, सात उपाध्यक्ष, महासचिव, ७ सहसचिव र एक कोषाध्यक्ष निर्वाचित गर्नेछ। अहिले रेशम पत्नी रन्जीता श्रेष्ठ अध्यक्ष छन्।

निकट नेताहरूका अनुसार रेशम आफै पार्टी अध्यक्ष बन्ने तयारीमा छन्। तर उनीमाथि टीकापुर घटना घटाएको दोष छ।

राष्ट्रपतिबाट माफी पाएर उनी छुटे पनि उनी सोही मुद्दामा दोषी प्रमाणीत भइसकेका छन्। यही कारण अध्यक्ष बन्दा कानुनी समस्या आउँछ कि भन्ने अन्योल देखिन्छ।

 

प्रकाशित: २६ पुष २०८० ८:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =