ओलीको जन्मघर पुगे दुर्गा प्रसाईं

हिमाल प्रेस २६ पुष २०८० ७:५७
52
SHARES
ओलीको जन्मघर पुगे दुर्गा प्रसाईं

काठमाडौँ-​ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्ध चिसिएर अलग भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि ओलीकै जन्मघर पुगेका छन्।

राजसंस्था र हिन्दू धर्म फर्काउने अभियन्ता दाबी गर्ने प्रसाईं ओलीको जन्मघर पुगेका हुन्।

यसको जानकारी प्रसाईं आफैँले सामाजिक सञ्जालमार्फत् बुधवार दिएका हुन् ।

तेह्रथुमको आठराई गाउँपालिका–४ स्थित इवामा पुगेर प्रसाईंले ओलीकै शैलीमा तस्बिर खिचाएका छन् ।

‘इवा गाउँ- हजुरबुवा केपी ओलीको जन्मघरमा आज,’ भ्यालमा बसेको तस्वीर फेसबूकमा राख्दै उनले लेखेका छन् ।

प्रकाशित: २६ पुष २०८० ७:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + seven =