रास्वपामा केन्द्रीय सदस्य र सांसदका लागि वार्षिक लेबी २५ हजार

हिमाल प्रेस २४ पुष २०८० १८:४९
8
SHARES
रास्वपामा केन्द्रीय सदस्य र सांसदका लागि वार्षिक लेबी २५ हजार

काठमाडौँ- प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको उर्जा नीति कार्यदल र सार्वजनिक प्रशासनसम्बन्धी कार्यदलको म्याद थप गरेको छ। मंगलबार सिंहदरबारमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो। त्यस्तै, बैठकलै पार्टी सदस्यता शुल्क एक हजार रुपैयाँ तोकेको प्रमुख सचेतक सन्तोष परियारले बताए।

उनले बैठकले पार्टीको केन्द्रीय निर्वाचन आयोगमा भूमिनन्द बराल सचिव र सदस्यमा प्रा.डा अतिन्द्र दाहाल सदस्य, राम गुरुङ, अधिवक्ता सुमित्रा पण्डित क्षेत्रीलाई नियुक्त गरेको बताए।

उनले भने ‘पार्टी सदस्यता शुल्कका सम्बन्धमा केही निर्णय गरेका छौँ। पार्टी सदस्यता शुल्क हजार रुपैयाँ तोकेका छौँ। त्यस्तै पार्टीको लेवी शुल्कका सम्बन्धमा पनि केही निर्णय गरेका छौँ। लेवी पार्टी केन्द्रीय सदस्यहरूको एक लाख थियो। प्रतिनिधिसभा सदस्यहरूले २५ हजार तिर्नुहुन्थ्यो। त्यसमा एकरुपता ल्याउन केन्द्रीय सदस्यहरूको २५ हजार वार्षिक गरेका छौँ। पार्टीले उर्जा नीति कार्यदल र सार्वजनिक प्रशासनसम्बन्धी कार्यदल बनाएको थियो, त्यसको म्याद थप गरेको छ।’

प्रमुख सचेतक परियारकाअनुसार केन्द्रीय सदस्य र सांसदहरूका लागि लेबी शुल्क वार्षिक २५ हजार रुपैयाँ निर्धारण गरिएको छ।

प्रकाशित: २४ पुष २०८० १८:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =