उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीशले लिए शपथ

हिमाल प्रेस २३ पुष २०८० १८:२५
8
SHARES
उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीशले लिए शपथ

काठमाडौँ- उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौलाले उच्च अदालतमा नवनियुक्त न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।

उच्च अदालत पाटनमा आज (सोमबार) आयोजित समारोहमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको उपस्थितिमा नवनियुक्त ३९ जना न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

न्याय परिषद्को पुस १८ गतेको बैठकले उच्च अदालतमा रिक्त ४० पदमध्ये ३९ जना न्यायाधीश नियुक्त गरेको थियो। उच्च अदालतमा नियुक्त भएका न्यायाधीशमध्ये २६ जिल्ला अदालतका न्यायाधीश रहिसकेका छन्। न्याय सेवा र सरकारी वकिलबाट चार जना अधिकृत न्यायाधीशमा नियुक्त भएका हुन् भने ९ जना कानुन व्यवसायीबाट न्यायाधीश नियुक्त भएका हुन्।

प्रकाशित: २३ पुष २०८० १८:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + ten =