माओवादीले टुंग्यायो राष्ट्रियसभा निर्वाचनका उम्मेदवारको नाम

हिमाल प्रेस २२ पुष २०८० १५:३३
12
SHARES
माओवादीले टुंग्यायो राष्ट्रियसभा निर्वाचनका उम्मेदवारको नाम

काठमाडौँ- नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा निर्वाचनका उम्मेदवारको नाम टुंगो लगाएको छ। सत्तागठबन्धनसँग भएको सहमतिअनुसार पार्टीले पाउने ६ सिटका लागि ६ जना उम्मेदवारको नाम टुंगो लागेको महासचिव देव गुरुङले जानकारी दिए।

‘पार्टीले उम्मेदवारको नाम टुंगो लगाएको छ। तर समानुपातिक सूचीमा भएको नामको विषयमा, क्लस्टरको विषयमा एकपटक रुजु भएपछि अन्तिम रुप दिनेछौँ’ उनले भने।

माओवादीले कोशीबाट चम्पादेवी कार्की, बागमतीबाट श्रीकृष्ण अधिकारी, गण्डकीबाट मनरुपा शर्मा, कर्णालीबाट विष्णु विक, लुम्बिनीबाट झक्कु सुवेदी र सुदूरपश्चिमबाट रेणु चन्दको नाममा सहमति गरेको हो।

रिक्त हुने पदका लागि माघ ११ गते १९ वटा पदको लागि राष्ट्रियसभा सदस्यको निर्वाचन हुँदैछ।

आगामी फागुन २० गतेदेखि राष्ट्रिय सभाका २० जना सदस्यको पदावधि सकिँदैछ। राष्ट्रपतिबाट मनोनितबाहेक १९ जनाका लागि माघ ११ गते निर्वाचन हुँदैछ। पदावधि सकिनुभन्दा ३५ दिनअघि निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था भएकाले माघ ११ गते राष्ट्रियसभा सदस्य पदको निर्वाचन हुँदैछ।

फागुन २० गते कार्यकाल सकिनेमा नेकपा एमालेका ८, नेपाली कांग्रेसका ४, माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २, जनता समाजवादी पार्टीका १, स्वतन्त्र १ र राष्ट्रपतिद्वारा मनोनित १ जना छन्।

त्यसमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले १० सिट भाग पाएको छ भने माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिटमा भाग पाएको छ।

प्रकाशित: २२ पुष २०८० १५:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − thirteen =