जताततै हराभरा हाम्रो सुन्दर धरा [तस्बिरहरू]

हिमाल प्रेस २१ पुष २०८० २०:१४
6
SHARES
जताततै हराभरा हाम्रो सुन्दर धरा [तस्बिरहरू] म्याग्दीको धवलागिरि गाउँपालिका–७ अवस्थित पर्यटकीय गाउँ ताकम र पृष्ठभूमिमा देखिएको गुर्जा, चुरेन हिमालको रमणीय दृश्य। तस्बिर : रासस

काठमाडौँ- ६ ऋतुमध्ये अहिले हेमन्त ऋतु चलिरहेको छ। यो जाडोयाम हो। तुसारो पर्ने, हिउँ पर्ने र चिसो हुने हेमन्तको विशेषता हो। आकाश सफा छ। पहाडी शिखरबाट सेताम्मे हिमशृंखला मनमोहक देखिन्छ। कतै हात्ती महोत्सव छ त कतै गैँडा हेर्न पर्यटकको लस्कर लागेको देखिन्छ। अनि कतिपय ठाउँमा तोरीबारी पहेँलपुर छ।

र्‍याफ्टिङ र प्याराग्लाइडिङमा रमाउने पारखीको चहलपहल पनि उत्तिकै छ। बिहान परेको तुसारो देख्दा राम्रो हुन्छ। तर समाउँदा र कुल्चँदा कक्रक्क हुनुपर्छ। तराईमा त हुस्सुले जनजीवन नै प्रभावित हुने गरेको छ। यसरी अनेक विशेषताले युक्त नेपाली भूमि हराभरा छ।

सुर्खेतको वीरेन्द्रनगर– १४ गढीबाट प्याराग्लाइडिङ गर्दै आन्तरिक पर्यटक। वीरेन्द्रनगरको अवलोकन गर्ने गरी केही समयअघिदेखि व्यावसायिक प्याराग्लाइडिङ सुरु गरिएको छ।

सिन्धुपाल्चोकको जुगल हिमशृङ्खलाको आधार शिविर ने–पेमासाल । स्थानीय भाषामा ने–पेमासालको अर्थ हुन्छ, देउताहरूको तीर्थ अथवा देवताहरूको स्वर्ग।
काठमाडौँ शंखरापुर नगरपालिका-१ स्थित नाङ्लेकभारेबाट देखिएको लाङटाङ हिमालको दृश्य।
बेँसीसहर नगरपालिका-३ गाउँसहरस्थित गाउँलेपानी होमस्टे (घरवास) गाउँ । नेवार, भुजेल र गुरुङ समुदायको घरवास रहेको यहाँ यतिबेला दैनिक ४०/५० जना पर्यटक आउने गरेका छन्।
चितवनको सौराहामा आयोजित १७ औँ चितवन हात्ती तथा पर्यटन महोत्सवको शोभा यात्रामा हात्तीको लस्कर।
चितवनको भरतपुर महानगरपालिका–२२ पटिहानीमा ढकमक्क फुलेको तोरी।
म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीमा परम्परागत घर पृष्ठभूमिमा देखिएको गुर्जा, र चुरेन हिमाल।
दाङको घोराही उपमहानगरपालिकाका १५ स्थित न्युरोडबाट सैघाको डाँडाबाट उदाउँदै गरेको पूर्ण चन्द्रमा।
दाङ-देउखुरीको राप्ती नदीमा व्यावसायिक र्‍यापटिङ परीक्षण गरिँदै।
तनहुँको ऋषिङ गाउँपालिका–२ डाँडाखुदीबाट देखिएको कुहिरोले ढाकिएको दृश्य।
तनहुँको म्याग्दे गाउँपालिका–१ बर्चयाङबाट मौसम खुलेको समयमा देखिएको माछापुच्छ्रे, अन्नपूर्णलगायत हिमाल।
कोशीटप्पु वन्यजन्तु आरक्षस्थित पथरी सेक्टरको खोर (इन्क्लोजर)मा राखिएका पुष्पा र अञ्जली नाम गरेका गैँडा।
हुस्सु लग्ने र शीतलहर चले पनि कञ्चनपुरको वेदकोट नगरपालिका सिसैयाका स्थानीयवासी चिसोको पर्वाह नगरी गन्तव्यतर्फ जाँदै।

तस्बिरहरू : रासस

प्रकाशित: २१ पुष २०८० २०:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + eight =